२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न आयोगलाई खनालको आग्रह


39
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा लागु गराउनुपर्ने बताउनुभयो ।

आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ खनालले आचारसंहिता कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्न उहाँले आयोगलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कुनै कुनै कांग्रेसहरु त्यस्ता हुन्छन् भनेको । कुनै कुनै कांग्रेस बोरा बोकेर जान खोज्छन् । तर हामीसँग मिलेको कांग्रेस जो हो त्यो चाहीँ अब एकतावद्ध भएर जानुपर्छ भन्दैछ । हामीले आचारसंहिता हेर्नुपर्छ । भर्खरै निर्वाचन आयोगले आचारसंहिता अगाडी सार्दैछ । त्यो आचारसंहितामाथि उभिएर हामी एकतावद्ध भएर जानुपर्छ । त्यो कुराको पक्षमा चाहीँ म पनि छु । आचारसंहिता कार्यान्वयनमा अहिलेसम्म त विश्वास छैन । तर निर्वाचन आयोगले जुन ढंगले यसको बारेमा वर्कआउट गरिरहेको छ, त्यो आचारसंहिता उहाँहरुले प्रकाशन गर्ने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने सम्पूर्ण आधार तयार पारेर त्यसलाई लागु गर्नुपर्छ नत्रभने त्यो खेस्रो कागजबाहेक अरु केही पनि हुँदैन । म निर्वाचन आयोगलाई पनि आग्रह गर्न चाहान्छु, तपाईहरु जुन आचारसंहिता बनाउँदै हुनुहुन्छ, त्यो कार्यान्वयन गर्नका निम्ति बनाउनुस् । कसैले कार्यान्वयन गर्दैन भने कडाइका साथ कारबाही गर्ने र आवश्यक कदमहरु चाल्नेगरी लागु गर्नुभो भने त्यो लोकतन्त्रको लागि एउटा उत्तम काम हुनेछ ।’

पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने बताउनुभयो ।