८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाली फुटबलमा देखिएको विवाद समाधान गरिदिन ४ क्लबले गरे एन्फालाई आग्रह


130
Shares

काठमाडौं । नेपाली फुटबलमा देखिएको विवाद समाधानका लागि एन्फालाई यथाशीघ्र पहल गरिदिन चार वटा ए डिभिजन क्लबले अनुरोध गरेका छन् ।

ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार र संकटा क्लबले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय घरेलु फुटबलमा देखिएको विवाद छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका हुन् ।

यसअघि ए डिभिजनका ८ क्लवले विरोध गरेपनि पत्रकार सम्मेलनमा भने ४ क्लवका पदाधिकारी मात्र उपस्थित भएका थिए । अन्य ४ क्लबको बोर्ड बैठक नबसेका कारण पत्रकार सम्मेलनमा उपस्थित नभएको बताइएको छ ।

पछिल्लो समय ए डिभिजन क्लबले खेलाडी रिलिज नगर्दै (एनएसएल खेल्ने क्लवले मार्की खेलाडी घोषणा र खेलाडी किनबेच गरेपछि ए डिभिजन क्लबले विरोध गर्दै आएका छन् ।

(एनएसएल) को अक्सन विरुद्ध आठ ए डिभिजन क्लबले दुई पटक प्रेस विज्ञप्ती जारी गर्दै विरोध जनाएपछि एन्फाले अक्सन रोक्न आयोजकलाई पत्र पठाएको थियो । नेपाल सुपर लिग (एनएसएल) आयोजकले एन्फाले पठाएको पत्रको वेवास्ता गर्दै गत शुक्रबार अक्सन गरेको थियो ।