
एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानमा जारी हिंसा अन्त्यका लागि आह्वान गरेको छ ।
सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले केही दिनदेखि डार्फरमा जारी हिंसाको तत्कालै अन्त्य हुनुपर्ने बताएको हो ।
हिंसाले धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको हो ।
सो मिसनले विज्ञप्ति प्रकाशित गरी त्यहाँका सबै दलहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
यसअघि गत हप्तामात्र पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघको मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताउनुभएको थियो । सुडानमा राजनीतिक संकट गहिरिँदै जाँदा आन्दोलन चर्किएको हो ।
जसका कारण त्यहाँ हरेकदिन हिंसाका घटनाहरु भइ नै रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्