
काठमाडौ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेढ बर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । यहि फाल्गुन २७ गते बेलुका साढे ५ बजे तिर घरबाट हराएकी बालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् ।
अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राति उनको निधन भएकोथियो ।
पक्राउ परेका दुई युवाले घरमा कोही नभएको मौका छोपी बालिकालाई बोकेर झाडीमा लगेर जबरजस्ती गरी अर्धचेत अवस्थामा छाडेर फरार भएको अनुुन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्