१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


मुख्यमन्त्रीलाई महामुर्खको उपाधि


0
Shares

जनकपुर, फागुन २६ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ ।

होलीको अवसरमा जनकपुरमा आयोजित महामूर्ख सम्मेलनबाट मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मान गरिएको हो ।

उनलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला पहिर्‍याइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले महामुर्खको उपाधि पाएर आफू गौरवान्तिव भएको प्रतिक्रिया दिए ।

मिथिला नाट्यपरिषद्बाट आयोजित सम्मेलनमा विशिष्ट व्यक्तिहरुलाई विभिन्न हास्य उपाधिसंगै कविता वाचन र होलीको लोकगीत र होरैया गीत समेत प्रदर्शन गरिएको थियो ।