१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


विद्युत्को आन्तरिक खपत बढाउन काम अघि बढाइएको छ : मन्त्री भुसाल


65
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडी बढाएको बताउनुभएको छ ।

नेपाल नविकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत आयोजनाहरूको निर्माणको काम उत्साहित रूपमा अगाडी बढिरहेको बताउनुभयो ।

सरकारले सन् २०२८ सम्ममा १५ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

मन्त्री भुसालले जलविद्युत आयोजनाहरू गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी राष्ट्रहरूलाई विद्युत् निर्यात गर्न आवश्यक नीति, नियम र वातावरण पनि तयार गरिएको स्पष्ट पार्नुभयाे ।

मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युत्को केन्द्रमा रहेको बताउनुभयो । देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको समेत लगानी विद्युतमा रहेकाले सो लगानीलाई जोखिममा पर्न दिनु नहुने उहाँले बताउनुभयो ।

सरकारले जोखिम न्युनिकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन र विभिन्न निकायसँग समन्वय गरी आवश्यक पहल गरिरहेको उहाँको भनाइ छ ।

मन्त्री भुसालले जल तथा मौसम विज्ञान विभागमार्फत् देशभर भएका जल तथा मौसम स्टेशन तथा नयाँ स्टेशनहरू थप गरी अझ वैज्ञानिक र विश्वसनीय रूपमा अगाडी बढ्ने पनि बताउनुभयो ।