
बैतडी । दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट अन्र्तगत दशरथचन्दले दुर्गास्थानलाई १ सय २९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
१ सय ९२ रनको लक्ष्य पन्छाएको दुर्गास्थान ६ दशमलव ५ ओभरमा ६२ रनमै अलआउट भयो । जसमा नवराज बडूले १३ र रमेश बडूले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् ।
हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिएको छ । दशरथचन्दका जगदीश चन्दले सर्वाधिक ६ विकेट हात पारे ।
त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ्ग गरेको दशरथचन्द १८ दशमलव ३ ओभरमा १ सय ९१ रनमा समेटियो । जसमा जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । दुर्गास्थानका राकेश बडूले ३ विकेट लिए ।
दशरथचन्दका जगदीश चन्द म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिनुभयो । फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्