१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


299
Shares

पाल्पा । तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन–गुल्मी सडक खण्डमा तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो ।

आइतबार राति भएको दुर्घटनामा परी गोदार घाइते भएका थिए । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल सडकदेखि १५ मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिनुभयो ।