१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई अध्यक्ष यादवको निर्देशन


130
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार बसेको पार्टीको केन्द्रिय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो ।

उहाँले प्रत्येक केन्द्रिय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।