
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको तूक नभएको टिप्पणी गर्नुभयो । किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्ताव आफूहरुले पारित गरेको बताउनुभयो ।
रावल आफै रहेको क्याबिनेटले प्रस्ताव ल्याउँदा के हेरेर बसेको भन्दै देउवाले अहिले विरोध गर्न लाज लाग्दैन भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्