१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता चैत ६ गतेदेखि सुरु


65
Shares

काठमाडौं । १९ वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश नं १ को सहभागिता रहने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्र्धा गर्ने छन् ।

चैत ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली भिड्ने छन् ।