
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नुवाकोटको किस्पाङ गाउँपालिका भवनको आज उद्घाटन गर्दै उहाँले निष्पक्ष निर्वाचनका लागि सबै सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेहरू नै एमसीसीको निर्णय प्रक्रियामा सामेल रहेको जिकिर गर्नुभयो ।
एमसीसीको सबैभन्दा धेरै विरोध गर्ने एमाले नेता भीम रावललाई विरोध गर्दा लाजलाग्नु पर्ने उहाँको टिप्पणी थियो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदेमा पेश गरेको र त्यो बेला रावल रक्षामन्त्री रहेको भन्दै उहाँले मन्त्रीबाट राजीनामा नदिएर किन सरकारमै बसेको भनि रावललाई प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्