
काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ ।
गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो ।
नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट नपोलिएको ईट्टा उत्पादन शुरु गरेको छ ।
कोरियामा सन् २००८मा स्थापना भएको इन्नोसीएसआर कम्पनी नेपालमा २०१८ आएको थियो । अहिले उक्त कम्पनीले नयाँ प्रविधिबाट अहिलेसम्म कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा गरी पाँच देशबाट ईट्टा उत्पादन शुरु गरिसकेको छ । कम्पनीका सञ्चालक विकास श्रेष्ठले नयाँ प्रविधिले वातावरण प्रदुषणको समस्या हटाउने उल्लेख गर्नुभयो ।
त्यस्तै कम्पनीका इन्जिनियर रमेश न्यौपानेले परिक्षण गरेको माटोमा सिमेन्ट र सोयल स्टेवलाइजर मिसाएर नयाँ प्रविधि मार्फत ईट्टा उत्पादन गरिएको बताउनुभयो । आगोमा नपोलेको ईट्टा चिम्नीमार्फत उत्पादन गरिएको ईट्टा जस्तै ५० देखि ६० वर्षको आयु हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्