१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वडा जनप्रतिनिधिविहीन हुँदा सर्वसाधारणलाई सास्ती


130
Shares

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–४ जनप्रतिनिधिविहीन बनेको छ ।

नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा नम्बर ४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित आठ जना बसपार्कको जग्गा व्यवस्थापनमा अनियमितता गरेको आरोपमा अख्तियारले छानविन अघि बढाएपछि निलम्बित भएसँगै नगरपालिका जनप्रतिनिधिविहीन बनेको हो ।

वडाध्यक्ष केसी निलम्बित भएपछि कार्यवाहक जिम्मेवारी दिइएका महिला सदस्य पवित्रा थापासहित वडा सदस्य बाणिन्द्र बहादुर केसी र अमृता बराइलीले काम गर्ने वातावरण नभएको भन्दै फागुन २३ गते सामुहिक राजीनामा दिएपछि वडा कार्यालय जनप्रतिनिधिविहीन भएको हो ।

एक सातादेखि वडा कार्यालय जनप्रतिनिधिविहीन हुँदा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित बनेको वडा सचिव शर्मिला केसीले बताउनुभयाे ।

घटना दर्ता, विवाह दर्ता, जन्मदर्ता, बसाइसराईं, मृत्यु दर्ता र सम्बन्ध विच्छेद दर्ताको काम मात्रै आफुले गर्दै आएको भन्दै उहाँले जनप्रतिनितिद्वारा प्रदान गरिँदै आएका विधिन्न ३६ प्रकारका सिफारिस, योजना फछर्याैट लगायतका काम प्रभावित भएको बताउनुभयो ।

यता बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले भने वडा सदस्यहरुले राजीनामा दिएको विषयमा आफुलाई जानकारी नभएको बताउनुभयो ।