
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा निक्षेप वृद्धि भएको छ ।
केहि समय निरन्तर उकालो लाग्दै आएको कर्जाको मागमा भने यो एक सातामा एक अर्बले कमी आएको नेपाल बैकर्स संघले जनाएको छ ।
फागुनको २० गतेदेखि २७ गते सम्मको तथ्याङ्क अनुसार निक्षेप ४३ खर्ब २४ अर्बबाट दुई अर्बले वृद्धि भई ४३ खर्ब २६ अर्ब पुगेको छ । निक्षेप भने ४१ खर्ब ७० अर्बबाट ४१ खर्ब ६९ अर्बमा झरेको संघले जनाएको छ ।
पछिल्लो समय राष्ट्र बैकले ब्याजमा कडाइ गरेपछि निक्षेपमा बृद्धि हुदै गएको छ भने कर्जामा कमी आइरहेको बैंकहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्