१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


इंग्लीश प्रिमियर लिगमा लेष्टर सिटीद्वारा एस्टन भिल्ला पराजित


0
Shares

काठमाडौं, फागुन २७ । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले एस्टन भिल्लालाई ४–० ले हराएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा लेष्टरका लागि जेमी भार्डी र हार्भे बार्न्सले २–२ गोल गरे । जितसँगै लेष्टर सिटीले तालिकामा तेस्रो स्थानको पकडलाई बलियो पारेको छ ।

२९ खेलबाट लेष्टरको ५३ अंक छ । समान खेलबाट ४८ अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसतिह दोस्रो स्थानमा रहेको छ ।

सिटीसँग २५ अंकको फराकिलो दुरी बनाएको लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

जारी सिजनको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जित्न लिभरपुललाई अब बाँकी रहेका ९ खेलमध्ये तिन वटामा मात्रै जित निकाले पुग्दछ ।