
पाँचथर, फागुन २८ । पूर्व स्थानिय विकाश मन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य पूर्णकुमार शेर्माकोे निधन भएको छ ।
उनको उपचारको क्रममा बुधबार दिउँसो ललितपुरको निदान अस्पतालमा निधन भएको हो ।
दुईओटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । उनको जन्म वि.स. २००० सालमा पाँचथरको मिल्लाजुङ गाउँपालिका २ सराङडाँडामा भएको थियो ।
उनले नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्