१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


शेयर बजारमा उछाल, कारोबार औसत


0
Shares

काठमाडौं, फागुन २८ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार भने उछाल आयो ।

नेप्सेमा ७३ अंकको बृद्धि आयो भने कारोबार चाहीं औसत नै सवा २ अर्ब हारीहारी रह्यो । उतार चढावबीच नेप्से ७३ अंकल बढेर १४ सय २३ पुग्यो ।

कारोबार भएका मध्ये सामुहिक लगानी कोष मात्र रातो रहे बाहेक अरु सबै समूहमा सुधार आयो । जीवन बीमा समूहमा सबैभन्दा उच्च ५ सय १० अंकको बृद्धि आयो ।

निर्जीबन बीमा समूह पनि ४ सय ४५ अंकले उकालो लाग्यो । लघुवित्त समूहमा १ सय १७ अंक, उत्पादनमूलक समूहमा १ सय ९ अंक अनि होटल समूहमा पनि ९९ अंकको बृद्धि आयो ।

विकास बैंक समूह ७४ अंकले बढ्दा वाणिज्य बैंक समूहमा पनि ६८ अंकको सुधार आयो । व्यापार समूह ६५ अंक अनि जलविद्युत समूहमा पनि ४८ अंकको सुधार भयो । वित्त र अन्य समूह पनि दोहोरो अंकले बढे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८० कम्पनीको ५६ लाख २६ हजार कित्ता शेयर २ अर्ब २२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।