
काठमाडौं, फागनु २८ । किसानले कुखुराको अण्डामा लागत भन्दा कम मूल्य प्राप्त गरिरहेको भन्दै कुखुरापालन उद्यममा समस्या रहेको बताइएको छ ।
कुखुरा फार्महरुमा गरिएको एक अध्ययनले अण्डाको उत्पादन लागत मूल्य अधिक रहेको देखाएको हो ।
पशु सेवा विभागको सहयोगमा अण्डा उत्पादक संघ लगायत सरोकारवालाहरुको सहभागितामा अणड उत्पादनको लागत मूल्य, बजारीकरण लगायतका विषयमा अध्ययन गरेको हो ।
अध्ययन अवधिमा अण्डाको औसत फार्म गेट मूल्य ८ रुपैयाँ ६७ पैसा हुँदा उत्पादन लागत ११ रुपैयाँ ५३ पैसासम्म रहेको जनाइएको छ ।
यस प्रकार अण्डाको मूल्य कम हुने र उत्पादन लागत उच्च हुने यो परिदृश्यमा उद्यमले नाफा गर्न सम्भव नभएको प्रतिवेदनमा औंल्याइएको छ ।
किसानले औसत लागत समेत नपाएको देखिएकाले अण्डाको मुल्य निर्धारण गर्ने तयारी गरिएको पशुसेवा विभागका महानिर्देशक डा. वंशि शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्