
काठमाडौं, फागुन २८ । नेपाल सरकारले मंगलबारबाट कतारको लागी श्रम स्विकृती स्थगित गरेको छ ।
कतारले कोरोना फैलन सक्ने भएको भन्दै नेपाल लगायत १४ मुलुकलाई प्रतिबन्ध गरेकोसंगै नेपालले पनि श्रम स्वीकृति स्थगन गरेको हो ।
यसबाट नेपालको विप्रेषण आप्रवाहमा असर देखिने विज्ञहरु बताउछन् । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ४ महिनाको तथ्याकं अनुसार कतारबाट सबैभन्दा बढि अर्थात १७ प्रतिशत रेमिट्यान्स भित्रिएको छ ।
अर्थात यस अवधिमा कतारबाट मात्रै ५३ अर्ब ९३ करोड विप्रेशष भित्रिएको छ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक मध्ये रहेको कतारमा मासिक रुपमा ४ हजार बढि युवाहरु जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याकं छ ।
यसलाई आधार मान्ने हो भने पनि वार्षिक रुपमा ४८ हजार नेपाली कामको खोजीमा कतार पुग्ने गरेको देखिन्छ । सबैभन्दा बढि रेमिट्यान्स भित्रिने मुलुकमा श्रम स्विकृती रोकिदा विप्रेषण आप्रवाहमा दिर्घकालीन असर पर्ने अर्थविद् केशव आचार्य बताए ।
यस्तै विभिन्न आयोजनाहरुमा समेत काम समयमै सम्पन्न हुन नसक्दा आयोजना प्रभावित हुनुका साथै अर्थतन्त्र समेत प्रभावित हुने भएकोले सरकारले भुक्तानी संकलनमा ध्यान दिनुपर्ने आचार्यको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्