१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


ललितपुर महानगरपालिकाद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना


0
Shares

ललितपुर, फागुन २९ । ललितपुर महानगरपालिकाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महानगरपालिका कार्यपालिका बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको एक साता अघि महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यसैगरी महानगरपालिकाले मिर्गौला दाता समिक्षा संग्रौलाको पनि स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्तिमा मिर्गौला प्रत्यारोपण र उपचारमा संलग्न चिकित्सक र चिकित्साकर्मीलाई विशेष धन्यवाद प्रकट गरेको जनाइएको छ ।

विज्ञप्तिमा नेपालकै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने सम्माननीय प्रधानमन्त्रीको निर्णयको ललितपुर महानगरपालिका उच्च प्रसंशा गर्दै उक्त निर्णयले नेपालको सरकारी अस्पताल, चिकित्सक र चिकित्साकर्मी अब्बल भएको पुष्टि समेत भएको छ ।

यो निर्णयले नेपाली जनतामा सरकारी अस्पतालप्रति विश्वास बढाउन समेत मद्दत गरेको छ ।

यो पटक नेपालमा नै मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्रीको १२ वर्ष अघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।