
काठमाडौं, फागुन २९ । काठमाडौ उपत्यकाका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दे बिहीबार नेवाः देय् दबूले पुरातत्व विभागमा ज्ञापनपत्र बुझाएको छ ।
सम्पदा संरक्षण महाअभियान अन्र्तगतका अभियन्ताहरुले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न विभागको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले सम्पदा मानव जीवनको धमनी भएको भन्दै सम्पदा संरक्षणमा गम्भीर चासो दिनु पर्ने बताएका छन् ।
पुरातात्विक ढुंगेधारा, हिटीसहितका पुरातात्विक अवशेषको उचित व्यवस्थापन र संरक्षण गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
नेवाः देय् दबूका अध्यक्ष नरेशकुमार ताम्राकारले नेपाली मौलिकता बोकेका पुरातात्विक सम्पदा जोगाउन विभागले थप सक्रियता देखाउनु पर्ने बताए ।
विभाग अधिकारीहरुले भने सम्पदा संरक्षण र सम्बद्र्धन गर्ने दायित्व आफ्नो भएपनि यसमा सबैको सहयोग आवश्यक रहेको जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्