१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण


0
Shares

काठमाडौं, फागुन ३० । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।

बिबिसीका अनुसार । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए ।

ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनलाई कोरोनाको परिक्षण गरेपछि रिपोर्टमा कोरोना भाइरस पुष्टि भएको जानकारीमा उल्लेख छ । (एजेन्सी)