८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गोलभेँडा उत्पादनमा बृद्धी


0
Shares

सर्लाही, फागुन ३० । सर्लाहीको बजारमा प्रशस्त मात्रामा स्थानीय जातको गोलभेँडा भित्रिन थालेको छ ।

पुसदेखि निरन्तर शीतलहर चलेर हुस्सु लाग्दा गोलभेँडा उत्पादनमा गिरावट आएको थियो ।

तर केही दिनदेखि घाम लाग्न थालेपछि पाकेका गोलभेँडा बजार भित्रिन थालेको हो । लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान गोलभेँडा धमाधम पाक्न थालेपछि बिक्री गर्न भ्याइनभ्याई भएको बताउँछन् ।

सर्लाहीको बजारमा गोलभेँडा अहिले प्रतिक्रेट चार सयदेखि पाँच सय रुपियाँसम्म बिक्री भइरहेको छ ।

व्यावसायिक रुपमा गोलभेँडा खेती हुने जिल्लाको हीरापुर, पत्थरकोट, चन्द्रपुर, नवलपुर, सासापुर, अत्रौली लगायतका क्षेत्रबाट दैनिक ठूलो परिमाणमा गोलभेँडा भित्रिन थालेको व्यापारीले बताएका छन् ।

बजारमा अहिले भारतीय गोलभेँडाको तुलनामा स्थानीय जातको गोलभेँडा बढी भित्रिइरहेको लालबन्दी बजारका थोक व्यापारी नवलकिशोर यादवले जानकारी दिनुभयो ।

बेला–बेलामा ठूलो परिमाणमा भारतीय गोलभेँडा भित्रिँदा भने स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले राम्रो मूल्य पाउन सकेका छैनन् ।