
रसुवा, फागुन ३० । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेस्क भवन निर्माण सुरु गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको हेल्थ डेस्क व्यवस्थित बनाउनका लागि अस्थायी प्रि–फ्याब भवन निर्माण सुरु गरिएको हो ।
एउटा हलसहित तीन कोठे प्रि फ्याब भवन निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
करिब १५ दिनमा निर्माण सम्पन्न गरिने हेल्थ डेस्कको लागत ३९ लाख ५० हजार रुपैँया रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।
नाकामा रहेको हेल्थ डेस्क अहिले टेन्ट र अस्थायी टहराबाट संचालन हुदै आएको छ । हेल्थ डेस्क निर्माणपछि चीनबाट नेपाल आवतजावत गर्ने नागरिकहरुका लागि स्वास्थ्य परिक्षण गर्न सहयोग पुग्ने देखिएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाकाहुँदै नेपाल प्रवेश गर्ने चिनिया तथा विदेशी पर्यटकको संख्या आजभोली शून्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्