
काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
आज (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।त्यस्तै, मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्