१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


पोखरीमा युवतीको शव फेला


0
Shares

जनकपुरधाम, फागुन ३० । जनकपुरमा शुक्रबार एक युवतीको शव फेला परेको छ ।

जनकपुरधामस्थित गोरधोइ पोखरीमा २५ वर्षीया रोशनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी रोशनी खातुन दुई दिनदेखि हराइरहेकी थिइन् ।

बिहान घुम्न निस्केका मानिस पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस