
काठमाडौं, फागुन ३० । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा रु. तीन हजारले घटेको छ ।
बिहीबार रु. ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन शुक्रबार ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु. ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु. २०० ले कमी आएको थियो भने बिहीबार रु. ८०० ले घटेको थियो ।
चाँदीको मूल्यमा पनि रु. ४० ले गिरावट आएको छ । शुक्रबार असली चाँदीको मूल्य रु. ८२० कायम भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्