
web pic
स्याङ्जा । जिल्लाको चापाकोट नगरपालिकामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
चापाकोट नगरपालिका–९ सुन्तौलिटारबाट दामाचौर जाँदै गरेको लु १ ह ४३७ नम्बरको अटो रिठ्ठे खोलामा दुर्घटना हुँदा पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय चापाकोटले जानकारी दिएको छ ।
दुघर्टनामा परी अटो चालक चापाकोट नगरपालिका–२ का ३५ वर्षीय दिपक विक, सोही ठाउँ बस्ने मन कुमारी विक, ३५ वर्षीय देवी विक, ५२ वर्षीय पूर्णिकला विक र वडा नं ९ का ६५ वर्षीय धनिसरा विक रहेका छन् ।
सबैको घाइते चापाकोट अस्पतालमा उपचार भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्