
काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन र अजय देवगन स्टारर फिल्म ‘रनवे ३४’ को धमाकेदार टीजर सार्वजनिक भएको छ ।
अजय देवगनले टीजर सामाजिक सञ्जालमार्फत सेयर गर्दै सत्य जमिनभन्दा ३५ हजार फिट माथि लुकेको बताएका छन् ।
२९ अप्रिलमा रिलिज हुने फिल्ममा अमिताभ र अजयको साथमा रकुलप्रीत सिंहको पनि मुख्य भूमिका रहेको छ ।
यसैबीच, बलिउड स्टार आलिया भट्टको २९औं जन्मदिनको अवसर पारेर फिल्म ‘ब्रह्मास्त्र’ टीमले आलियाको फस्ट लुक पोस्टर र मोसन भिडियो सार्वजनिक गरेको छ ।
अयान मुखर्जीले निर्देशन गरेको फिल्ममा आलिय ‘ईशा’को भूमिकामा देखिएकी छन् । फिल्ममा आलियाको प्रेमी रणबीर कपूर ‘शिवा’को भूमिकमा देखिने निर्माण टीमले जनाएको छ ।
करण जोहरले निर्माण गरेको सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ हिन्दी, तेलुगू, तमिल, मलायालम र कन्नड भाषामा ९ सेप्टेम्बरमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्