१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थपिए ८३ संक्रमित, १३० जना संक्रमणमुक्त


273
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ७ हजार ८८४ जनामा नमुनाको परीक्षण गर्दा ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार देशभर १३० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रलयले मंगलबार जनाएको छ ।