
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सिसियु वार्ड अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारी लाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक समितीका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिती रहेको थियो ।
बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा,२०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्