
काठमाडौं । नेतृत्वका आकांक्षी धेरै भएपछि नेकपा एमाले धनुषा सातौं अधिवेशन अन्तर्गतको बन्दसत्र सुरु हुन ढिलाई भएको छ ।
सोमबार उद्घाटन भएको सातौँ अधिवेशनको मंगलबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने कार्यतालिका थियो । तर अहिलेसम्म पनि बन्दसत्र सुरु भएको छैन । नेताहरुबीच कसलाई अध्यक्ष बनाउने भन्नेमा सहमति जुट्न नसक्दा बन्दसत्र नै प्रभावित भएको हो ।
सहमति जुटाउन शिर्ष नेताहरु अध्यक्षका आकांक्षीसहित एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । एमाले धनुषाको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अक्षयलाल महतो र लक्ष्मी यादवले दावी गरेका छन् ।
आकांक्षीले अडान नछोडेपछि एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुलीकुमारी महतो, केन्द्रीय सदस्य रामचन्द्र मण्डल, सञ्जिव झा सुरजलगायतका नेताहरुले सहमतिका लागि प्रयास गरिरहेको बताइएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्