१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा पहिलो पटक चैते धान दिवस


169
Shares

बर्दिया । ‘दुई बाली धान खेतीको बिस्तार, खाद्य सुरक्षा र सम्बृद्धीको आधार’ भन्ने मुल नाराका साथ बर्दियामा पहिलो पटक चैते धान दिवस मनाइएको छ ।

दिवसको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले चारपाङ्ग्रे धानरोप्ने आधुनिक मेसीनको प्रयोग गरि चैते धान रोपेर दिवसको उद्घाटन गर्नुभयो ।

धान खेतिको पकेट क्षेत्र मानिएको बर्दियाको राजापुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन लागु भए यता यस क्षेत्रमा बर्षे र चैते २ बाली धान खेति लगाउदै आएको धान सुपरजोनका प्रमुख कृष्ण धितालले जानकारी दिनुभयो ।

जिल्लाको गेरुवा गाँउपालिका, राजापुर, बर्दिया र ठाकुरवावा नगरपालिकामा गरी यस बर्ष १ हजार ६ सय हेक्टरमा चैत्रे धान लगाइएको छ ।