
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले पोलिटब्यूरो बैठक चैत ७ गते बस्ने निर्णय गरेको छ । बैठकले निर्वाचन विभाग गठन गर्दै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्ने विधि र प्रक्रियाको पनि टुंगो लगाएको छ ।
उहाँका अनुसार वडा, गाउँपालिका र नगरपालिकाको उम्मेदवारका लागि जिल्ला समितिले सिफारिस गर्नेछ भने उपमहानगरपालिका र महानगरपालिकाको सन्दर्भमा जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्