१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा


143
Shares

काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनल अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिकोसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

इंग्ल्याण्डको म्यान्चेस्टरमा दोस्रो लेगको खेलमा एट्लेटिको १–० ले विजयी भएको थियो । एट्लेटिकोका लागि रेनान लोडीले निर्णायक गोल गरे । उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए ।

मंगलबार राति भएको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई १–० ले हराउँदै पोर्चुगलको बेनिफिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–२ गोलको बराबरी भएको अवस्थामा मंगलबार रातिको जितसँगै बेनिफिकाले खेल ३–२ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग फुटबलमा प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज बुधबार राति हुनेछ । आज फ्रान्सको लिल र इंग्ल्याण्डको चेल्सी भिड्दा इटालीको युभेन्टसले स्पेनको भियारियालसँग खेल्नेछ ।