
काठमाडौं । हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
आज (बुधबार) देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ।
त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन-चटयाङ्गसहित हल्का वर्षाको समेत सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राती भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ ।
बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्