१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनचाँदीको मूल्य घट्ने क्रम जारी


2.795k
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।