१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम संचालनमा सहकार्य


78
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न उक्त संझौता गरिएको बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका तर्फबाट प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेका सर्वसाधारण नागरिकलाई बैंकिङ्ग चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउने लक्ष्य रहेको जनाएको छ । सो कार्यक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निर्माण गरि कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल दुबैले प्रतिबद्धता जनाएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।