
पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको जलेर मृत्यु भएको छ ।
स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो ।
टिनले छाएको ३ तले घरको दोस्रो तलाको बैठक कोठामा एक्कासी आगलागीमा परी उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागी हुँदा कोठामा सुतिरहेका उनको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिनुभयो ।
उनको श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नाले) घरमा सुतेको र २ छोराहरु बुटवल बस्दै आएकाले उनीहरु सबै सुरक्षित रहेको जनाइएको छ ।
घटना थाहा पाएलगत्तै उनका छिमेकीले राति नै आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट कोठामा रहेका लत्ता, कपडा र कागजपत्र जलेर नष्ट भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्