२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक जीबी प्याकहरू


169
Shares

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेलले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ ।

कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको जनाएको छ ।
एनसेलका अनुसार ग्राहकले अब कर सहित मात्र १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक १९९ रुपैयाँमा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको जनाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्रै २६९ रुपैयाँमा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए । त्यसैगरि एनसेलका ग्राहकले अब ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् ।

यी नयाँ तथा परिमार्जित प्याकहरु चैत २ गते बुधबारबाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत यी प्याकहरु खरिद गर्न सक्छन् ।

दैनिक जीबी डेटा प्याक अन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याकहरु र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकहरुलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।