
एजेन्सी । चिनियाँ पुरुषहरुको युक्रेनी युवतीहरुसँग बिवाह गर्ने चासो दोब्बर बढेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एक डेटिङ सर्भिसले युक्रेन र रुसबीच युद्ध सुरु भएपछि युक्रेनी युवतीहरूको माग चीनमा दोब्बर भएको दाबी गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरेको बुधबार २१ दिन पुगेको छ । युक्रेनी युवतीहरु युद्धका कारण दुःखी हुनसक्ने भन्दै चिनियाँहरुले युक्रेनीहरसंग बिवाह गर्न चासो देखाएका हुन् । युद्ध अघि चीनबाट दैनिक ५ जनाले युक्रेनी युवतीसंग संम्वन्ध गास्न सोध्ने गरेकामा अहिले त्यो सोध्ने क्रम अहिले दुईगुणा बढेको डेटिङ सर्भिस मिलिश्काले जनाएको छ ।
डेटिङ सर्भिसका मालिक पावेल स्टपनेट्सले युक्रेनी युवतीहरूको माग आउन गरेको बताएका छन् । युद्धका कारण चीनियाँ पुरुषहरूलाई युक्रेनी युवतीहरुले आफ्नो साहारा ठानेर बिवाह गर्नेछन् । मिलिश्काका अनुसार हाल ७४८ युक्रेनी युवतीले चिनियाँ पतिको खोजी गरिरहेका छन् । त्यसैगरी ७० चिनिया युवकहरूले आफ्नो लागि युक्रेनी दुलही खोजिरहेका छन् । ८ देखि ९ जना सम्मको जोडीको भने बिवाह भइसकेको छ । आजकल चीनमा मेल अर्डर ब्राइड व्यवसाय निकै लोकप्रिय बन्दै गएको छ । किनकी चीनमा विहेका लागि आफ्नै देशको युवती पाउन मुस्किल बनेको छ ।
चीनको जनसङ्ख्या नियन्त्रण नीतिका कारण पुरुषको तुलनामा महिलाहरूको संख्या उल्लेखनीय रुपमा घटेको छ । चीनमा एउटा परिवारले एउटा मात्र बच्चा जन्माउने अनुमति दिएको थियो । यो नियम ३५ वर्षसम्म कायम रह्यो । यो नीतिका कारण परिवारमा छोरीको सट्टा छोरा जन्माउने दम्पतीको संख्या बढी भयो । त्यसैगरि युक्रेनमा भने महिलाको संख्या पुरुषको तुलनामा बढी छ ।
चिनियाँ पुरुषहरूले पूर्वी युरोपका युवतीहरुलाई बढी मन पराउने गरेका छन् । किनभने तिनीहरू चिनियाँ युवतीहरु जस्तो पैसाको पछाडी लाग्दैनन् । वषौँदेखि युक्रेनी युवतीहरूले चिनियाँ युवकहरूसँग विवाह गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्