
काठमाडौं । माछापुच्छ्रे बैंकले सप्तरीका अग्निपीडित ११ घर परिवारलाई खाद्यान्न र भाडाँकुडा सहयोग गरेको छ ।
बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत फागुन २८ गते जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएका ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो । उक्त राहत वितरण कार्यक्रममा सो वडाका वडाअध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नमबर २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थिति रहेको थियो ।
बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्