
काठमाडौं । काठमाडौं उपत्यकामा धेरै सिमसार र पोखरी लोप भइसकेका छन् । तीमध्ये सबैभन्दा पुरानो इखा अर्थात एखा पोखरीले यतिबेला आपmनो अस्तित्व जोगाउन संघर्षमा छ ।
इखा पुखु उपत्यकाकाको एक सर्वप्राचिन प्राकृतिक पोखरी, जुन लिच्छवीकालमा जैविक, भूमिगत जल र पानी प्रणालीको केन्द्र थियो । यो कुनै समय साइवेरियादेखि आएका जलहाँसहरुको क्रिडास्थल थियो ।
पोखरीको पानीले आँखा भिजाए आँखाका रोगहरु निको हुने जनविश्वास थियो । तर, आज एकादेशको कथा भएको छ । विभिन्न कालखण्डमा पोखरी अतिक्रमणमा परेर अहिले करिव सात रोपनीमा सिमित भएको छ ।
पानीको अत्यधिक उत्सर्जन र ढलका कारण पोखरी सुकिसकेको छ । पोखरी भित्रका ७ वटा इनार समेतको नामोनिसान छैन ।
विसं २००३ सालमा स्थापना भएको कन्या मन्दिर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको पोखरी नाम मात्रमा सिमित भएको छ । विद्यालयको नाममा २८ रोपनी पोखरीसहित ३ कित्ता जग्गा रहेको छ ।
प्राकृतिक, जैविक र साँस्कृतिक दृष्लिे महत्वपूर्ण यो पोखरीलाई पुरानै स्वरूपमा फर्काउने प्रयास पनि जारी छ । तर, कार्यान्वयन हुन सकेको छैन ।
पूर्ववडाध्यक्ष एवं समाजसेवी विजयबहादुर मालीले यहाँ साइबेरियादेखि जल हाँसहरू आउने गरेको विगत सुनाउँदै पोखरीलाई पुरानै स्वरूपमा फर्काउनु पर्ने बताउनुहुन्छ ।
प्राचिनकालमा जैविक रुपले महत्वपूर्ण सिमसार एखा पोखरी पानीको स्रोतका लागि बनाइएको थियो, जुन काठमाडौंको भित्री शहरमा रहेका हिति, इनार र खानेपानीको मुख्य स्रोत थिए ।
अहिले चारैतिरबाट अग्ला भवनहरूले घेरिएर इखा कथामा सीमित भएको छ । मालीले मौलिक शैलिका पाटीसहितको कफी सप रहनेगरी पोखरीको पुनर्निर्माणको नक्सा देखाएर भविष्यको योजना समेत सुनाउनुभयो ।
पोखरीलाई पुरानै स्वरूपमा फर्कार संरक्षण गर्न स्कुलको पूर्ण सहयोग हुने निमित प्रधानाध्यापक घनश्याम न्यौपाने बताउनुहुन्छ ।
पोखरी स्कूल हाताभित्र हुन गर्वको कुरा भएको बताउँदै उहाँले ऐतिहासिक प्राचिन पोखरीलाई बचाउन आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धतानसमेत जनाउनुनभयो ।
यस्ता सर्वप्राचिन पोखरीहरूलाई बचाउनु अत्यावश्यक भइसकेको छ । यो नेपालको सांस्कृतिक र प्राकृतिकका कारण मात्र नभइ भुगोल बाहिरको जैविक प्रणालीको लागि पनि जोगाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्