२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रौतहटमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते


299
Shares

रौतहट । रौतहटमा बुधबार राति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्र पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट प्रहरी चौकी हरषामा कार्यरत प्रहरी सहायक निरिक्षक उपेन्द्र प्रसाद यादब र प्रहरी जवान मुर्तुजा अन्सारी घाईते भएका छन ।

सो गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठककर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले ठक्कर दिने पीकअप गाडी नियन्त्रणमा लिएको बताउनुभयो ।