
फाइल तस्विर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताउनुभएको छ ।
बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभएपनि कांग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताउनुभएको हो ।
‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उहाँले भन्नुभयो, ‘तर, कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’
उहाँले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्