२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्थानीय चुनावमा एकीकृत समाजवादीलाई जनताले साथ दिन्छन् : अध्यक्ष नेपाल


247
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताउनुभएको छ ।

होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिन्हलाई जनताले साथ दिने बताउनुभयो ।

निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत होलिकाको जस्तै हुने बताउनुभयो ।

सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गर्नुभयो ।