२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


युक्रेनी सेनालाई घुँडा टेकाउँन बाध्य पार्ने रुसको प्रयास, युक्रेनी सेना डटेर प्रतिकार गर्दै


2.171k
Shares

एजेन्सी । रुसले युक्रेनको कीभ शहरलाई कब्जामा लिनका प्रयास गरिरहेता पनि सफल हुन सकेको छैन ।

रुसले युक्रेनमाथि हमला शुरु गरेको बिहिबार २२ दिन पुगेको छ । पछिल्ला दिनमा रुसी सेना र युक्रेनी सेनाबीच भीषण लडाइँ भइरहेको छ । खासगरी रुसले युक्रेनको राजधानी शहर समेत रकेको कीभलाई कब्जामा लिन प्रयास गरिरहेको छ । तर युक्रेनी सेनाले बहादुरीका साथ रुसी सेनाको प्रतिकार गर्दै कीभ प्रवेश गर्न दिएका छैनन् । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार रुसले युक्रेनी सेनालाई घुँडा टेक्न बाध्य पार्ने कोशिस गरिरहेको छ र तर युक्रेनी सेना पछि हटेका छैनन् । धेरैजसो युक्रेनका शहरहरु कब्जामा लिइसकेको रुसले अन्तिममा कीभ कब्जामा लिन खोजेको हो । तर २२ दिन बितिसक्दा पनि रुसी सेनाले कीभमाथि विजय हासिल गर्न सकेको छैन । विगत १३ दिनदेखि रुसको अर्काे शहर मारिउपोलमा पानी,बिजुली र ग्याँस नभएको तथा त्यहाँको तापक्रम राती माइनस ५ डिग्री सम्म पुग्ने गरेको संचारमाध्यमहरुले जनाएका छन् ।

रुस र युक्रेनका कीभको सीमानामा युद्ध लडिरहेका छन् । रुस र युक्रेनबीच चलिरहेको युद्धले सारा विश्वलाई यस्तो विनाशको दृश्य देखाएको छ, जसले मनलाई आउने धेरै वर्षसम्म त्रासमा राख्नेछ । कतै बम विष्फोटले विनाश, कतै गोली र हावाहुरीका कारण यो एक युद्धले अनेक रंग देखाएको छ । यो क्रुर देखिने युद्धमा मानवता जीवित छ कि छैन ?भन्ने प्रश्न उब्जाएको छ । यो युद्धले २४ सय भन्दा बढी युक्रेनी नागरिकको मृत्यु भएको अनुमान गरिएको छ भने सयौं घाइते भएका छन् । युक्रेनी जनताको हालत देख्दा कसैका पनि आँशु थामिन सक्दैनन् । युक्रे नागरिकहरुको परिवार छिन्न भिन्न भएको छ । परिवारबाछ धेरैजना बिछोडिएका छन् । महिला बालबालिका र बृद्धबृद्धालाई कहाँ जाने के गर्ने भन्ने चिन्ता छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता २६ लाख भन्दा बढी युक्रेनी नागरिकले देश छोडेका छन् । उनीहरु छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । विश्वका नेताहरुले रुसलाई युद्ध अन्त्य गर्न भनेपनि उसले मानिरहेको छैन । युक्रेन भन्दा कैयौं शक्तिशाली मानिएको रुसले यो युद्ध यति लम्विब सक्ने आकलन गरेको थिएन । उसलाई युक्रेन कब्जा गर्न धेरै दिन नलाग्ने विश्वास थियो ।

तर युक्रेनी सेनाले रुसी सेनाको डटेर प्रतिकार गरेका छन् ।रुसले युक्रेनमाथि गरेको आक्रमणको सबैतिर विरोध भइरहेको छ ।