
काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ ।
माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो ।
दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ ।
अधिकारी विद्यार्थी राजनीतिबाट आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्