२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


पेट्रोलियम पदार्थको मूल्य वृद्धि घट्दैन : मन्त्री भुसाल


949
Shares

नवलपरासी । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नघट्ने बताउनुभएको छ ।

पश्चिम नवलपरासीमा निर्माणभएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाईन तथा २२०/१३२ के.भी. न्यू बुटवल सव स्टेशनको उद्घाटन गर्दै उहाँले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य वृद्धी भएकाले त्यसलाई घटाउन नसकीने बताउनुभयो ।

मूल्य वृद्धि नकरात्मक परिघटना भएको र यसले भान्सादेखि यातायातलगायत सबै क्षेत्रमा महङ्ी बढाएको उहाँको तर्क थियो ।

सोही कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताउनुभयो । प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सो सव स्टेशनको निर्माण भएको हो । सवस्टेशन निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ लागत लागेको जनाइएको छ ।